२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

कोहलपुर ११ मा लागू औषध र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कोहलपुर, बाँके।
कोहलपुर नगरपालिका वडा नम्बर ११ को पहलमा लागू औषध दुरुपयोग र सडक दुर्घटना न्यूनीकरणसम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। सारा प्रोजेक्टको समन्वयमा इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम वडा नं. ११ अन्तर्गत फुलबारी टोलमा आयोजना गरिएको हो।

कार्यक्रममा वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्माले स्थानीयवासीलाई सम्बोधन गर्दै लागू औषधको बढ्दो दुरुपयोग र त्यसबाट सिर्जने सामाजिक समस्याहरूको न्यूनीकरणका लागि समुदायस्तरबाटै जागरूकता आवश्यक रहेको बताउनुभयो। उहाँले सडक दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न सावधानीपूर्वक सडक प्रयोग र सचेतना महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो।

सचेतनामूलक प्रशिक्षण इलाका प्रहरी कार्यालय कोहलपुरका इन्सपेक्टर हरि भट्टराईले दिनुभएको थियो। उहाँले सहभागीहरूलाई लागू औषधका असरहरू, कानुनी पक्ष, ट्राफिक नियम, दुर्घटना न्यूनीकरणका उपायहरू लगायतका विषयमा जानकारी गराउनुभयो।

कार्यक्रममा सारा प्रोजेक्टका सोसल मोबिलाइजर भगवती नेपालीले सारा प्रोजेक्टले लैङ्गिक हिंसा, घरेलु हिंसा तथा महिला सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। उनले महिला प्रहरीलाई क्षमता विकासका लागि तालिम पनि प्रदान गरिँदै आएको बताउनुभयो।

सचेतना कार्यक्रममा करिब ७० जना स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रमको आर्थिक सहयोग वडा कार्यालयबाट गरिएको थियो। आयोजक संस्थाहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।