२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

राप्तीसोनारी–२ मा समावेशी र आवश्यकतामा आधारित विकास: पूर्वाधार, कृषि र सामाजिक सुरक्षा योजनाले बद्लिँदै गाउँको रूप

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले हालै सार्वजनिक गरेको बजेट विनियोजन र कार्यक्रमहरूको सूचीकाबाट हेर्दा, वडाले समावेशी, बहुआयामिक र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको विकास दृष्टिकोण अवलम्बन गरेको स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सीप विकास, कृषि, महिला तथा सामाजिक समावेशीताका क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन सामाजिक रूपान्तरणतर्फ वडाको प्रतिबद्धता देखाउँछ ।

यस वडाको विकास दृष्टिकोण समावेशी, आवश्यकतामा आधारित र जनसहभागितामूलक देखिन्छ ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार र सीप विकासका कार्यक्रमहरूले स्थानीय जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता योजनाहरूले दीर्घकालीन दृष्टिमा समावेशी, सशक्त र आत्मनिर्भर गाउँ निर्माणको आधार तयार पारिरहेका छन्, जसको निरन्तरता र पारदर्शिता अझ प्रभावकारी कार्यान्वयनको मूलकुञ्जी बन्नेछ ।

वडाले सडक र नाली निर्माणजस्ता पूर्वाधार योजनामा पनि ध्यान दिएको छ । वडा नम्बर ८ सिमानादेखि तुलारामको घरसम्मको सडक तथा नाली निर्माण भएको छ । त्यस्तै, हरिहरपुर नर्सिङ सिँचाइ समस्या समाधान, ओमशान्ति भित्ते पर्खालु, खोरियाना नाली, गौशाला र खुटियापुर नाली निर्माण भएका छन् ।

कृषकलाई प्रोत्साहन गर्न कृषि मोटर ५० प्रतिशत अनुदानमा दिइएको छ । साथै, पशुपालन विकासअन्तर्गत देवेक खरिद गरिएको छ । यसले कृषकलाई आत्मनिर्भर बनाउने स्थानीय सरकारको लक्ष्य प्रष्ट हुन्छ ।
युवा र खेलकुद कार्यक्रम पनि भएका छन् । त्यस्तै, वृद्धवृद्धा, अपांग, विपन्न वर्गको हकहितमा जोखिममा परेका, सामाजिक समावेशिता शीर्षकमा समेत काम भएको छ ।

वडाले समावेशी तथा विविध योजनालाई बजेटमार्फत अघि सारेको छ । आन्तरिक स्रोतका साथै प्रदेश र संघीय सरकारबाट प्राप्त अनुदानमार्फत योजनाहरू कार्यान्वयन गरिने बताइएको छ । विपद् व्यवस्थापन शीर्षकमा ४ लाख रुपैयाँ छुट्याइएको छ जुन सम्भावित प्राकृतिक विपत्तिका लागि पूर्वतयारी र आपतकालीन सामग्रीको व्यवस्था गर्न प्रयोग गरिउको छ ।

यो बजेट योजना कार्यान्वयनले वडा नम्बर २ मा आधारभूत पूर्वाधार सुधार, सेवा प्रवाहमा सहजता तथा कृषक र युवालाई सशक्तिकरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

राप्तीसोनारी–२ मा विकास योजनाहरू केवल संरचना निर्माणमा सीमित छैनन्‌–यी योजनाहरूले आत्मबल बढाएका छन्, सम्भावना देखाएका छन् र गाउँको अनुहार मात्र होइन, चेतनासमेत फेरिदिएका छन् । यही हो साँचो स्थानीय विकास–जहाँ बाटो, पानी र स्वास्थ्य सबैले मिलेर भविष्यको बिउ रोप्छ ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।