
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा चालू आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र सीपमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ ।
वडामा शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयमा भौतिक सुधार, छात्रवृत्ति कार्यक्रम, विद्यालयका लागि टेबुल तथा कुर्सी वितरण, बालबालिकाका लागि निःशुल्क साइकिल वितरण तथा विद्यालय मर्मतको काम (मेस जाली, कम्प्युटर लगायत) गरिएको वडा कार्यालयले जनाएको छ ।
स्वास्थ्य सेवाको क्षेत्रमा समेत सक्रियता देखिएको छ । वडा अध्यक्षले जानकारी दिएअनुसार स्वास्थ्य केन्द्रहरूका लागि फ्रिज, कम्प्युटर, डेक्सटप वितरण गरिनुका साथै महिला स्वास्थ्यलाई लक्षित गरी साइकिल वितरण गरिएको छ ।
‘एक घर, एक महिला’ कार्यक्रम, दलितसम्बन्धी विशेष कार्यक्रम, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत र प्रोत्साहन, यौनिक अल्पसंख्यक समुदायका लागि समावेशी कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
गहुँ र धानको बीउ वितरण, गोठ सुधार कार्यक्रम, महिला सीप विकास तालिम, मोटरसाइकल मर्मत तालिम, बेकरी तालिमसमेत वडाले सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, वडाले भौतिक पूर्वाधार विकासमा सबैभन्दा बढी ध्यान केन्द्रित गरेको देखिन्छ । पक्की तथा ढलान नाली निर्माण, अन्य नाली निर्माण, डिपीआर तयारी, टिनपत्र र झ्यालढोका मर्मत, सामुदायिक भवन निर्माण, विद्यालय भवन निर्माण र मर्मत तथा फुटबल खेल प्रतियोगिता र खेलमैदान निर्माण जस्ता योजनाहरू अगाडि बढाइएका छन् ।
वडा कार्यालयका अनुसार प्रशासनिक कामलाई नियमितता दिइएको छ भने शिक्षा र स्वास्थ्यतर्फका योजनाहरूले शिक्षित र स्वस्थ समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । समाजमा पछाडि पारिएका वर्गहरूलाई समेट्ने सामाजिक समावेशी कार्यक्रममार्फत सामाजिक न्यायको अभ्यास भइरहेको छ । साथै, युवालाई रोजगारीमुखी बनाउने उद्देश्यले सीपमूलक तालिम र खेलकुदका कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन् ।
राप्तीसोनारी–६ मा विकास योजनाहरू केवल संरचना निर्माणमा सीमित छैनन्–यी योजनाहरूले आत्मबल बढाएका छन्, सम्भावना देखाएका छन् र गाउँको अनुहार मात्र होइन, चेतनासमेत फेरिदिएका छन् । यही हो साँचो स्थानीय विकास–जहाँ बाटो, पानी र स्वास्थ्य सबैले मिलेर भविष्यको बिउ रोप्छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ ले ग्रामीण आवश्यकता, स्रोतसाधन र समावेशीतालाई ध्यानमा राख्दै सेवा प्रवाह र विकास निर्माणमा उल्लेखनीय काम गरेको छ ।
यहाँका विभिन्न कार्यक्रमहरूलाई समग्रमा विश्लेषण गर्दा यो वडा आधारभूत पूर्वाधार, कृषि प्रवद्र्धन, पशुपालन तथा सिँचाइ जस्ता उत्पादनमुखी क्षेत्रहरूमा बढी केन्द्रित देखिन्छ ।
वडामा हातले ठोकिने १७ वटा मेनोल, बीपीएस प्रणालीमार्फत ६ वटा तथा डिप ट्युबेल ३ वटा जडान गरिएका छन् । यसले वडाको पानी आपूर्तिमा आत्मनिर्भरता वृद्धि गर्ने र कृषि उत्पादनमा पनि प्रत्यक्ष टेवा पुर्याउने देखिन्छ ।
साथै, भवानीयापुरमा सिँचाइ कुलो निर्माण तथा तटबन्ध (ओझखोला, झोप्ले खोला, सोनखरे खोला, सुनाहा खोला) निर्माणले बाढी नियन्त्रण र कृषियोग्य जमिनको संरक्षणमा सघाउ पुर्याएको छ ।
सिक्टा परियोजनाअन्तर्गत ६०० मिटर कालोपत्रे, भवानीयापुर सडकसहितको नाला निर्माण, मोटर वितरण (२०वटा) जस्ता कार्यक्रमले यातायात र सिँचाइ पूर्वाधारलाई बलियो बनाएको छ । यस्तो पूर्वाधार विकासले बजार पहुँच सजिलो बनाउने, कृषि लागत घटाउने र जनस्वास्थ्य सुधारमा समेत योगदान गर्ने अपेक्षा गरिएको छ ।
राप्तीसोनारी–१ को विकास योजनाहरू स्थानीय आवश्यकताको गहिरो मूल्यांकनसहित बनाइएका देखिन्छन् । पानी, कृषि, सिँचाइ, पशुपालन र पूर्वाधारको सन्तुलित समायोजनले गाउँमा रोजगारी, उत्पादनशीलता, स्वास्थ्य, र पोषण सुधार जस्ता सूचकहरूमा सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
यो वडा एक सफल, सन्तुलित र समावेशी विकासको नमूना वडाका रूपमा देखिएको छ, जहाँ आधारभूत आवश्यकता र दीर्घकालीन सोच मिलेर गाउँको अनुहार परिवर्तन गर्ने सम्भावना बढेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले हालै सार्वजनिक गरेको बजेट विनियोजन र कार्यक्रमहरूको सूचीकाबाट हेर्दा, वडाले समावेशी, बहुआयामिक र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको विकास दृष्टिकोण अवलम्बन गरेको स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सीप विकास, कृषि, महिला तथा सामाजिक समावेशीताका क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन सामाजिक रूपान्तरणतर्फ वडाको प्रतिबद्धता देखाउँछ ।
यस वडाको विकास दृष्टिकोण समावेशी, आवश्यकतामा आधारित र जनसहभागितामूलक देखिन्छ ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार र सीप विकासका कार्यक्रमहरूले स्थानीय जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्न सक्छन् । यस्ता योजनाहरूले दीर्घकालीन दृष्टिमा समावेशी, सशक्त र आत्मनिर्भर गाउँ निर्माणको आधार तयार पारिरहेका छन्, जसको निरन्तरता र पारदर्शिता अझ प्रभावकारी कार्यान्वयनको मूलकुञ्जी बन्नेछ ।
वडाले सडक र नाली निर्माणजस्ता पूर्वाधार योजनामा पनि ध्यान दिएको छ । वडा नम्बर ८ सिमानादेखि तुलारामको घरसम्मको सडक तथा नाली निर्माण भएको छ । त्यस्तै, हरिहरपुर नर्सिङ सिँचाइ समस्या समाधान, ओमशान्ति भित्ते पर्खालु, खोरियाना नाली, गौशाला र खुटियापुर नाली निर्माण भएका छन् ।
कृषकलाई प्रोत्साहन गर्न कृषि मोटर ५० प्रतिशत अनुदानमा दिइएको छ । साथै, पशुपालन विकासअन्तर्गत देवेक खरिद गरिएको छ । यसले कृषकलाई आत्मनिर्भर बनाउने स्थानीय सरकारको लक्ष्य प्रष्ट हुन्छ ।
युवा र खेलकुद कार्यक्रम पनि भएका छन् । त्यस्तै, वृद्धवृद्धा, अपांग, विपन्न वर्गको हकहितमा जोखिममा परेका, सामाजिक समावेशिता शीर्षकमा समेत काम भएको छ ।
वडाले समावेशी तथा विविध योजनालाई बजेटमार्फत अघि सारेको छ । आन्तरिक स्रोतका साथै प्रदेश र संघीय सरकारबाट प्राप्त अनुदानमार्फत योजनाहरू कार्यान्वयन गरिने बताइएको छ । विपद् व्यवस्थापन शीर्षकमा ४ लाख रुपैयाँ छुट्याइएको छ जुन सम्भावित प्राकृतिक विपत्तिका लागि पूर्वतयारी र आपतकालीन सामग्रीको व्यवस्था गर्न प्रयोग गरिउको छ ।
यो बजेट योजना कार्यान्वयनले वडा नम्बर २ मा आधारभूत पूर्वाधार सुधार, सेवा प्रवाहमा सहजता तथा कृषक र युवालाई सशक्तिकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
राप्तीसोनारी–२ मा विकास योजनाहरू केवल संरचना निर्माणमा सीमित छैनन्–यी योजनाहरूले आत्मबल बढाएका छन्, सम्भावना देखाएका छन् र गाउँको अनुहार मात्र होइन, चेतनासमेत फेरिदिएका छन् । यही हो साँचो स्थानीय विकास–जहाँ बाटो, पानी र स्वास्थ्य सबैले मिलेर भविष्यको बिउ रोप्छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ ले हालै सार्वजनिक गरेको बजेट विनियोजन र कार्यक्रमहरूको सूचीकाबाट हेर्दा, वडाले समावेशी, बहुआयामिक र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने खालको विकास दृष्टिकोण अवलम्बन गरेको स्पष्ट देखिन्छ । यस वडाले भौतिक पूर्वाधार, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक संरक्षण, खेलकुद, सूचना प्रविधि, भाषा–संस्कृतिलगायतका क्षेत्र उल्लेख्य काम गरेको छ । यसले दीर्घकालीन सामाजिक रूपान्तरणतर्फ वडाको प्रतिबद्धता देखाउँछ ।
प्राथमिकता प्राप्त कार्यक्रम
सबैभन्दा धेरै बजेट विनियोजन भएको योजना ‘फुटपाथ सडकदेखि खड्कापुर जाने बाटो ग्राभेल’ हो । त्यसपछि ‘प्लेटफर्म बाटो सरसफाइ’ र ‘खण्डसहितको सडक निर्माण’ लाई प्राथमिकता दिइएको छ । यसले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ ।
यसैगरी, ‘शैक्षिक छात्रवृत्ति कार्यक्रम’, सामाजिक सुरक्षा तथा समावेशीतालाई समेट्दै ‘राष्ट्रिय झण्डासहितको ध्वजावाज आदर्श सम्मान कार्यक्रम’, ‘कुमार पुरस्कार’, ‘राष्ट्रिय प्रतिभाशाली छात्रछात्रा पुरस्कार’, ‘खेल सामग्री, ‘भाषा तथा संस्कृतिक संरक्षण’ लगायतका कार्यक्रम भएका छन् ।
पशुपालन, कृषि तथा सेवा प्रवाह
कृषकका लागि बीउबिजन खरिदमा ५० प्रतिशत अनुदान र पशुपालनको क्षेत्रमा समेत ५० प्रतिशत अनुदान कार्यक्रम, पशुपालन सेवा विस्तारका लागि औषधि तथा जनशक्ति व्यवस्थापन गरिएको वडा कार्यालयको भनाइ छ ।
वडाले विभिन्न क्षेत्रको समावेशी विकासलाई लक्ष्य गर्दै बजेट छुट्याएको छ । आधारभूत पूर्वाधार, सामाजिक सुरक्षा, शिक्षा, प्रशासनिक दक्षता र सांस्कृतिक संरक्षणमा समेत सन्तुलन देखिन्छ । कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता कायम गर्न सकेमा वडाले घोषित बजेटले स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्नेछ ।
धान बीउ वितरण ५०प्रतिशत अनुदान, मोटर वितरण, हुलाकी सेवा, पशु आहार खरिद, तरकारी बीउ वितरण, गोठ सुधार, पशुपालन सहायता, पशु औषधि खरिद, घाँस बीउ वितरण जस्ता काम भएका छन् ।
विद्यालय नछाड्न बालबालिकालाई पोशाक, झोला, कपडा वितरण गरिएको छ । विभिन्न टोल, गाउँ र वडामा गिटीरगाभारसीसीरकच्ची बाटो निर्माण, नाली निर्माण, डिपो, पुल, ढलान, पुल पर्खाल, कम्प्युट ढलान भएका छन् । बालविवाह रोकथाम, मानव बेचबिखन विरुद्ध अभियान, दलित, महिला, जनजाति लक्षित कार्यक्रम पनि भएका छन् ।
राप्तीसोनारी–५ मा विकास योजनाहरू केवल संरचना निर्माणमा सीमित छैनन्–यी योजनाहरूले आत्मबल बढाएका छन्, सम्भावना देखाएका छन् र गाउँको अनुहार मात्र होइन, चेतनासमेत फेरिदिएका छन् । यही हो साँचो स्थानीय विकास–जहाँ बाटो, पानी र स्वास्थ्य सबैले मिलेर भविष्यको बिउ रोप्छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको बजेट योजनाले पूर्वाधार विकाससँगै सामाजिक समावेशी कार्यक्रमहरूलाई समेत प्राथमिकता दिएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, प्रशासनिक सुधार, विपद् व्यवस्थापन तथा सामाजिक क्षेत्रमा केन्द्रित विविध कार्यक्रमहरू समेटिएका थिए । सोहीअनुसार वडाले उल्लेख्य काम गरेको देखिन्छ ।
वडाले भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय ध्यान दिएको देखिन्छ । रेडक्रस भवन निर्माण, योगा हल निर्माण, नाली तथा ढलान सडक निर्माणलगायतका योजनामा सहयोग पुगेको छ ।
विशेषगरी नालीसहित ढलान सडक निर्माण गरिएको छ । त्यस्तै, ‘स्मार्ट सडक बत्ती’ जडान तथा मर्मत, सार्वजनिक भवनहरूको निर्माण, ट्राफिक व्यवस्थापन जस्ता आयोजनाहरूले वडाको दीर्घकालीन पूर्वाधार आवश्यकता सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
महिला, दलित, वृद्धवृद्धा र विपन्न समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन भए ।
महिला तथा बालबालिकामैत्री सामग्री वितरण, ‘एक घर एक महिला कार्यक्रम’, बेकरी र मोटरसाइकल मर्मत तालिम जस्ता सीपमूलक कार्यक्रमहरूले सामाजिक समावेशीताको अभ्यास देखाउँछ । यस्तै, अपांगता भएका व्यक्तिहरूका लागि राहत, यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम, छात्रवृत्ति वितरणलगायतका आयोजनाहरूले शिक्षा र सामाजिक न्यायतर्फ वडाको ध्यान देखाउँछन् ।
वडाले कृषि तथा पशुपालन क्षेत्रका लागि पनि यथोचित बजेट विनियोजन गरेको थियो । बिउ तथा कृषि उपकरण वितरण, पशुपन्छी सेवा, कृषक तालिम, बीउ बैंकको स्थापनालगायत कार्यक्रम भए । राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता, वडा अध्यक्ष कप तथा अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता, फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरू युवालाई सशक्त बनाउने उद्देश्यले ल्याइएको देखिन्छ ।
बाढी, आगलागी जस्ता विपद् व्यवस्थापनका लागि पनि वडाले तयारी देखाएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ को बजेट योजनाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य, कृषि, युवा सशक्तीकरण र विपद् व्यवस्थापनलाई समेटेको छ ।
कोहलपुर , — शिक्षा क्षेत्रको गौरव र अनुकरणीय उदाहरणका रूपमा उभिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यस वर्ष पनि एसईई परीक्षामा सतप्रतिशत नतिजा प्राप्त गर्दै आफ्नो शैक्षिक इतिहासमा अर्को सफल अध्याय थपेको छ।
शैक्षिक सत्र २०८१ मा विद्यालयबाट SEE परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट नतिजासहित सफल भएका छन्। गत वर्षको सफलतालाई दोहोर्याउँदै, विद्यालयले लगातार १३ औँ वर्ष १०० प्रतिशत पासदर कायम राख्न सफल भएको हो।
विद्यालयका प्रबन्ध निर्देशक (एमडी) कौशल पाण्डेयका अनुसार, विद्यालयले शैक्षिक गुणस्तर, सशक्त अनुशासन, अनुभवी तथा समर्पित शिक्षक टिम, र नवीन शिक्षण पद्धतिलाई आधार बनाउँदै विद्यार्थीहरूलाई समर्पित शैक्षिक वातावरण प्रदान गर्दै आएको छ।
यसै नीतिको परिणामस्वरूप विद्यालयले निरन्तर उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।
सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल का संस्थापक कृष्ण जिसी का अनुसार
“हामीले विद्यार्थीलाई केवल परीक्षा पास गराउने मात्र हैन, उनीहरूको समग्र व्यक्तित्व विकासमा केन्द्रित शिक्षा दिन प्रयास गरिरहेका छौँ। शिक्षक, अभिभावक र विद्यार्थीहरूबीचको सहकार्य र विश्वासको नतिजा नै आजको यो उपलब्धि हो।”
विद्यालय प्रशासनले यस अवसरमा सफल विद्यार्थीहरूलाई बधाई दिँदै, शिक्षण-शिक्षण क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरूलाई आभार प्रकट गरेको छ। विद्यालयको भनाइमा, यस्ता सफलताले भावी पुस्तालाई अझै प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
सगरमाथा स्कुल विगतदेखि नै गुणस्तरीय शिक्षाको लागि परिचित रहँदै आएको छ। पठनपाठनका क्रममा टेक्नोलोजीमैत्री कक्षा, नियमित मूल्याङ्कन प्रणाली, अतिरिक्त क्रियाकलापमा सहभागिता र विद्यार्थीकेन्द्रित शैक्षिक वातावरणले गर्दा विद्यार्थीहरूको सिकाइ प्रक्रिया अझ प्रभावकारी भएको छ।
विद्यालयले विद्यार्थीहरूको उज्ज्वल भविष्यको सुनिश्चितताका लागि एसईई पश्चातको शैक्षिक यात्रा पनि व्यवस्थित गर्न सुरु गरेको छ। सोही क्रममा, विद्यालय अन्तर्गत सञ्चालित सगरमाथा कलेजमा विद्यार्थीहरूलाई अगामी शैक्षिक स्तरमा समेत अध्ययनको अवसर प्रदान गरिने जनाएको छ।
विद्यालय प्रशासनको भनाइमा, “गुणस्तरको शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइ सगरमाथा बन्नेछ भन्ने हामीलाई विश्वास छ। शिक्षालाई सेवा र उत्तरदायित्वको रूपमा लिएको हाम्रो दृष्टिकोणले नै यो सम्भव भएको हो।”
१३ वर्ष लगातार शतप्रतिशत नतिजा ल्याउने स्कुलको यो सफलताको कथा केवल एक संस्थाको उपलब्धि मात्र नभई, समर्पित शिक्षण शैली, योजनाबद्ध शैक्षिक रणनीति र विद्यार्थीप्रतिको गहिरो लगावको प्रतिविम्ब हो।





