२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

राप्तीसोनारी–१ मा समावेशी र उत्पादनमुखी पूर्वाधार विकास, ग्रामीण अनुहार परिवर्तनको बाटोमा

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ ले ग्रामीण आवश्यकता, स्रोतसाधन र समावेशीतालाई ध्यानमा राख्दै सेवा प्रवाह र विकास निर्माणमा उल्लेखनीय काम गरेको छ ।

यहाँका विभिन्न कार्यक्रमहरूलाई समग्रमा विश्लेषण गर्दा यो वडा आधारभूत पूर्वाधार, कृषि प्रवद्र्धन, पशुपालन तथा सिँचाइ जस्ता उत्पादनमुखी क्षेत्रहरूमा बढी केन्द्रित देखिन्छ ।

वडामा हातले ठोकिने १७ वटा मेनोल, बीपीएस प्रणालीमार्फत ६ वटा तथा डिप ट्युबेल ३ वटा जडान गरिएका छन् । यसले वडाको पानी आपूर्तिमा आत्मनिर्भरता वृद्धि गर्ने र कृषि उत्पादनमा पनि प्रत्यक्ष टेवा पुर्‍याउने देखिन्छ ।

साथै, भवानीयापुरमा सिँचाइ कुलो निर्माण तथा तटबन्ध (ओझखोला, झोप्ले खोला, सोनखरे खोला, सुनाहा खोला) निर्माणले बाढी नियन्त्रण र कृषियोग्य जमिनको संरक्षणमा सघाउ पुर्‍याएको छ ।

सिक्टा परियोजनाअन्तर्गत ६०० मिटर कालोपत्रे, भवानीयापुर सडकसहितको नाला निर्माण, मोटर वितरण (२०वटा) जस्ता कार्यक्रमले यातायात र सिँचाइ पूर्वाधारलाई बलियो बनाएको छ । यस्तो पूर्वाधार विकासले बजार पहुँच सजिलो बनाउने, कृषि लागत घटाउने र जनस्वास्थ्य सुधारमा समेत योगदान गर्ने अपेक्षा गरिएको छ ।
राप्तीसोनारी–१ को विकास योजनाहरू स्थानीय आवश्यकताको गहिरो मूल्यांकनसहित बनाइएका देखिन्छन् । पानी, कृषि, सिँचाइ, पशुपालन र पूर्वाधारको सन्तुलित समायोजनले गाउँमा रोजगारी, उत्पादनशीलता, स्वास्थ्य, र पोषण सुधार जस्ता सूचकहरूमा सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।

यो वडा एक सफल, सन्तुलित र समावेशी विकासको नमूना वडाका रूपमा देखिएको छ, जहाँ आधारभूत आवश्यकता र दीर्घकालीन सोच मिलेर गाउँको अनुहार परिवर्तन गर्ने सम्भावना बढेको छ ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।