
मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे ।
‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख रुपैयाँ मिटरब्याज साहुसँग ऋण लिएँ ।’ पैसा लिएको एक वर्षपछि २ लाख १० हजार र दुई वर्षपछि थप ३ लाख ९० हजार गरी ६ लाख बुझाएको उनी बताउँछन् ।
तर मिटरब्याज साहुले अझै ऋण रहेको भन्दै आठ कट्ठा जग्गा हडपे । ‘हामी पढे–लेखेको नाइँ, साहुले झुक्याएर जग्गा आफ्नो नाम गरेछन्’ उनले भने, ‘जग्गा माग्दा उल्टै २४ लाख माग्न थाले ।’
साहुविरुद्ध अदालत जान सकेनन् । किनकि मिटरब्याज साहुसँग तमसुक थियो, तर उनीसँग केही थिएन । त्यसैले न्याय पाइने आसमा उनी काठमाडौं आएका थिए । ‘आवाज सुनाउने ठाउँ कतै नभएपछि परिवार बोकेर यहाँ आएँ’, उनले सुनाए ।
अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता निर्माण भएको भन्दै बैंकका कर्मचारीमाथि आक्रमण गर्न उत्तेजित भाषण गरे ।
‘ती कर्मचारीलाई मोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार–पाँच दिन राख्ने न हो,’ उनले भनेका थिए ।
राजनीतिक आडमा धन, अनि धनको आडमा राजनीतिक महत्वाकांक्षा फैलाउँदै लगेका प्रसाईंका वित्तीय अराजकताका वितण्डाकारी गतिविधि हेर्दा जति सामान्य छन्, तिनको असर त्यति नै फैलिँदो छ ।
झापामा सभा गर्दै बैंक कर्मचारीलाई मोसो दल्न दस्ता खडा गरेको बताएका प्रसाईं त्यसको एक वर्ष कटेको दिन २ फागुन २०८० मा सबै वित्तीय सूचक सामान्य अवस्थामा रहेको एनआईसी एसिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो पैसा झिक्न उक्साएका छन् ।
‘एनआईसी एसिया बैंक डुब्दै छ । बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला,’ प्रसाईंले २ फागुनमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चालक भागे भने सहकारीका बचकर्ताको जस्तो हालत होला । बेलैमा होस् पुर्याउनु होला ।’
आक्रामक ऋण प्रवाह तथा कर्जा असुलीमा गैरव्यावसायिक गतिविधि गरेको भन्दै एनआईसी एसिया बैंकप्रति ग्राहकहरुको गुनासो पक्कै छ । तर, प्रसाईंले दाबी गरेजस्तो यो बैंक डुब्ने अवस्थामा पुगेको छैन, बरु वित्तीय सूचकका आधारमा अन्य धेरै बाणिज्यहरुभन्दा राम्रो छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।
विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।’
उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् ।
उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए ।उनले भने, ‘गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’
नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ । महतले नाम्सकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए ।
उनले यस वर्ष रु चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट रु एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट रु दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए ।
सल्लेरी। हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ ।
कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।
जिल्लामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आइडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताउँछन् । उनले भने, ‘जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरु सबै मासिएको छ, तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ । यो दश ६/७ वर्ष भयो होला नयाँ प्रजातिको स्याउ भित्रिएको यसले राम्रै आम्दानी दिरहेको छ ।’
यद्यपि सुरुआतको केही वर्षमा राम्रै आम्दानी दिए पनि बोट पुरानो हुँदै गएपछि उत्पादनमा गिरावट आउने लक्षण देखिएको कृषि विज्ञहरु बताउँछन् । विसं २०७८/०७९ मा दुई सय पाँच हेक्टर, ०७९/०८० मा दुई सय २१ र ०८०/०८१ मा दुई सय ३० हेक्टरमा गरिएको स्याउ खेतीले उत्पादन दिएको हो ।
उत्पादकत्व पनि क्रमशः बढिरहेको छ । आव ०७८/७९ मा प्रतिहेक्टर ५.८२ मेट्रिकटन, ०७९/०८० मा ५.९२ र ०८०/०८१ मा ६.३ मेट्रिकटन रहेको छ । जिल्लामा हाल दुई सय ३३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले बिधेयक सर्वसम्मतिले पारित भएको हो ।
बिधेयकमा सहमति जुटाउन कृषि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथी छलफल गरेर मुल समितिले शुक्रबार बिधेयक पारित गरेको हो ।
विधेयक अनुसार खाद्य पदार्थ अन्तर्गत मानिसले उपभोग गर्ने अप्रशोधित, अर्ध प्रशोधित वा प्रशोधित खाद्य वा पेय पदार्थ, त्यसमा प्रयोग गरिने पोषक तत्व, खाद्य योगशील (फूड एडिटिभ) वा मरमसला, आहारपूरक खाद्य पदार्थ, प्याकेजिङ गरिएको पिउने पानी, मदिराजन्य पेय पदार्थ, चुइगम र बबलगम राखिएको छ ।
सडे–गलेको, फोहोर मैला मिसिएको, विषाक्त अवस्थामा राखिएको, मानव उपयोगका लागि अनुपयुक्त, रसायनको मात्रा तोकिएको भन्दा बढी राखिएको खाद्य पदार्थको उत्पादन, प्रशोधन निकासी, पैठारी, सञ्चय, ढुवानी र बिक्री वितरण गर्न गराउन नहुने उल्लेख छ ।
निर्धारित गुणस्तर भन्दा न्युनस्तरका खाद्य पदार्थ बिक्री वितरण गर्ने, न्युनस्तरका खाद्य पदार्थ उच्च गुणस्तरको हो भनी ढाँट्ने वा प्रयोग गरेको समिश्रण वा दाबीमा झुटो जानकारी दिएर झुक्याउनेलाई कैद सजायको व्यवस्था छ ।
बिक्रि बितरणमा रोक लगाइएको खाद्य पदार्थको नमुनाको परीक्षण प्रतिवेदन १५ दिनभित्र प्राप्त भइसक्नेगरी परीक्षण गर्नुपर्ने ब्यबस्था राखिएको छ । त्यस्तो प्रतिवेदन प्राप्त भएको २४ घण्टाभित्र सिलबन्दी र रोक्का फुकुवा गर्नुपर्ने ब्यबस्था थप गर्दै कृषि समितिले बिधेयक पारित गरेको हो । खाद्य पदार्थ उत्पादन गर्न र उत्पादित खाद्य पदार्थ पैठारी गर्न चाहनेले अनुमतिपत्र लिनुपर्ने प्राबधान राखिएको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध विषम परिस्थिति र चुनौतीहरूका कारण देश अपेक्षाकृत प्रगतिको बाटोमा नरहँदा आम नागरिकमा निराशा बढेको निष्कर्ष निकालेका छन् । त्यही निराशाको जगमा लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको ठहर छ ।
सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न उपसभापति खड्काले ६४ पृष्ठको नीति प्रतिवेदन तयार गरेका छन् । पार्टीको बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठकमा खड्काले उक्त प्रतिवेदन पेस गरेका छन् ।
खड्काको सोही प्रतिवेदनमा देशले विकास, समुन्नति, स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने भए पनि त्यसो हुन नसकेको उल्लेख छ । ‘देशमा द्रुत आर्थिक विकासको अभाव छ । आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ । परिस्थिति अप्ठ्यारो, चुनौती र समस्यारत रहेको उल्लेख गर्दै खड्काले यसबाट पार लगाउन कांग्रेस सक्षम रहेको दाबीसमेत गरेका छन् ।
नागरिकमा निराशा बढ्नुमा गृहिणीको अप्ठ्यारो, तन्नेरीको छटपटी, शैक्षिक बेरोजगारी, उद्योगधन्दा तथा कलकारखानाको अवरोध, आर्थिक सकस, सामाजिक रूपान्तरणको अलमलजस्ता कारण रहेको खड्काले व्याख्या गरेका छन् । ‘आम नागरिकमा निराशा बढ्दो छ । नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै जनतामा आशा र भरोशा कायम गरी समृद्ध मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ,’ प्रतिवेदनमा भनिएको छ ।
निराशाको व्यापार
राष्ट्रिय स्वतन्त्र पार्टी र राजसंस्थावादी दलको नाम नलिई खड्काले ती दलले निराशा बढाएको आरोप लगाएका छन् । आम नागरिकको निराशाको जगमा टेकेर ‘लोकरिझ्याइँ गर्ने र पुनरुत्थानवादी’ प्रवृत्ति हाबी हुन खोजेको खड्काको आरोप छ । समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न गर्नुको सट्टा ती शक्तिले थप निराशा बढाउने व्यापार गरिरहेको खड्काको विश्लेषण छ । लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको निष्कर्ष छ ।





