
बाँकेमा शनिबारबाट चरा गणना सुरु गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीबाट चरा गणना कार्य सुरु गरिएको हो। बाँकेमा यो सहित तेस्रो पटक चरा गणना गरिएको छ।
विगत तीन वर्ष देखी हरेक हिउँदे सिजनमा चरा गणना गरिँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताए। निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना सुरु गरिएको उनले सुनाए।
चरा विज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी, सुरक्षाकर्मी लगायतको टोली शनिबारदेखी राप्ती नदीमा परिचालित भएको छ। गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएको चौधरीले जानकारी दिए। उक्त टोलीले बाँकेमा रहँदा राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र तथा जलाशयमा पुगेर चरा गणना गर्नेछ।
चराविद् राम शाहीले पछिल्लो समयमा चराको वासस्थान लोप हुँदै गइरहेको बताएका छन्। नदी, सिमसार क्षेत्र तथा जलाशयमा मानवबाट हुने गतिविधिले गर्दा चराको वासस्थान लोप हुन पुगेको उनको भनाई छ।
बाँकेका नदी, सिमसार क्षेत्र तथा जलाशयमा आगन्तुक चराको समेत वासस्थान रहेको चराविद् शाही बताउँछन्। चराको वासस्थान क्षेत्रमा भइरहेका निर्माण कार्य, जथाभाबी रुपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवत्–जावत्का कारण चराको वासस्थान लोप भएर संख्या घट्दो क्रममा रहेको विज्ञहरू बताउँछन्।
गणनाका क्रममा उक्त टोली बाँकेको नेपालगन्जस्थित कान्ति ताल, बाँकेको बैजनाथमा रहेको सुतैया ताल, बाँके र बर्दियाको सिमाक्षेत्र मानखोला लगायत स्थानमा पुग्ने भएको छ। नेपालगन्जस्थित कान्ति तालमा संरक्षित पंक्षी सारशको समेत वासस्थान रहेको छ।
नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन जोडिएको छ ।
माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने ‘५ औं क्यान इन्फोटेक २०२५’ को टाइटल स्पोन्सरको रुपमा आईएनजी स्क्रिन इन्फोटेकमा जोडिएको हो ।
क्यान बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो । जसको टाइटल स्पोन्सरको रुपमा आईएनजी स्क्रिनलाई सामेल गराएको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।
आईएनजी स्क्रिन नेपालमा स्कुल, कलेज तथा विभिन्न शैक्षिक क्षेत्रलाई आवश्यक पर्ने स्मार्ट बोर्ड उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो भने जसको नेपालमा सगरमाथा आइटी ट्रेडर्स इम्पोर्टरको रुपमा रहेको छ ।
सगरमाथा आइटी ट्रेडर्सले नेपालमा स्कुल, कलेज तथा विभिन्न शैक्षिक क्षेत्रलाई आवश्यक पर्ने स्मार्ट बोर्ड र अफिट ब्राण्डको एसीको इम्पोर्टर हो भने ट्रेडर्सले आइटी सम्बन्धी विभिन्न कार्यहरु गर्दै आएको छ ।
यस अघि ५ औं क्यान इन्फोटेकको एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस र अब्रोड स्टडी पार्ट्नरमा अल्फा बिटाको सहकार्यको घोषणा क्यान बाँकेले गरिसकेको छ ।
सञ्चार तथा सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको उत्पादन तथा प्रत्यक्ष सहभागिता रहने क्यान महासंघ बाँकेले जनाएको छ ।
प्रर्दशनीमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्नेछन् ।
प्रादेशिक महोत्सव परिसरमा आयोजना हुने ५ औं क्यान इन्फोटेकमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशिले बताएका छन् ।
क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी सबै प्रकारका सेवा र जानकारीसहितका स्टल रहने र नेपालगञ्ज र वरपर डिजिटल प्रवर्द्धन र प्रविधिको विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको क्यान महासंघ बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।
नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाउँ गाउपालिका वडा नं. ३ स्थित लुम्विनी केबलकार बुटवल हिलको सभाहलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं.५ बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले गर्नुभएको थियो भने ।
भारततर्फबाट उक्त समकक्षी बैठकको नेतृत्व भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखीमपुर खिरीका डिआईजी बी. विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहले गर्नुभएको थियो । बैठकमा नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना लगायत बाहिनी मातहत गणपति र भारतीय सशस्त्र सीमा बलका बटालियन कमाण्डरहरुको समेत उपस्थिती रहेको थियो ।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, समयमै सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण, सीमा अपराधहरु जस्तैः मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रुपमा छलफल गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिईने सहमती गरिएको थियो ।
बैठकमा सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले छलफलको क्रममा उठेका सबै विषयहरुको कार्यान्वयनको सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको औल्याउँदै सो सम्बन्धमा समकक्षी निकायबाट भएको प्रतिवद्धताको प्रशंसा गर्नु हुँदै थप सक्रियताका साथ कार्यक्षेत्रमा होमिन मातहत गणपतिहरुलाई निर्देशन दिनुभएको ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले उक्त बैठकमा स्वागत मन्तव्य राख्नुका साथै नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरु र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै यस किसिमका नियमित बैठकहरुको संचालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरु तत्काल समाधान गर्न थप सहयोग पुर्याउने बताउनुभयो ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डिआईजी स्तरीय पाँचौ समन्वयात्मक बैठक भारतको उत्तर प्रदेश स्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।
खिम डि.सी
सर्वप्रथम त तिमीलाई यस पृथ्वीमा जन्मदिने ती महान् आमा-बुवाप्रति प्रणाम। जन्म लिनु भनेको जुनी दिनु हो। मान्छेजस्तो सर्वश्रेष्ठ प्राणीको रूपमा यो जुनी पाउनु निकै भाग्य, हर्ष साथै खुसीको क्षण हो।
कुनै पनि सम्बन्धमा, जन्मदिन तथा कुनै उत्सवहरू मनाउनु सबैभन्दा महत्वपूर्ण विषय भित्र पर्दछ। त्यहीँमाथि आज तिम्रो जन्मदिन। सम्बन्धमा स-साना कुराले पनि धेरै महत्व र अर्थ राख्छ जब दुईले बिना शर्त एकअर्कालाई माया गर्छन्।
आफ्नो प्रेमी वा प्रेमिकालाई हेरचाह गर्ने, माया गर्ने, विश्वास गर्ने सम्बन्धको अनिवार्य शर्त नै हुन्। आज तिम्रो जन्मदिन, आजको दिनमा एउटा साधारण सन्देशले तिमीलाई विशेष महसुस गराउन सक्छु भन्ने आसाले यो शुभकामनासहित तिम्रो लागि यी सन्देश कोर्दै छु।
प्रिय, उमेर एउटा संख्या मात्र हो। उमेर बढ्नु भनेको माया बढ्दै जानु हो ।मलाई यस्तो लाग्छ, उमेर बढ्दै जानुले तिम्रो र मेरो सामीप्यता अझै गाढा बनाउनेछ। उमेरको ग्राफ बढ्दै गएपछि आधिकारिक रूपमा एकअर्काको बन्ने सपनाको अवधि घट्दै जानु पनि हो। हामीलाई झन् नजिक बनाउने ती दिनहरूको हाम्रो जीवनमा प्रवेश पाउनु हो।
तिम्रो जन्मदिनमा म यो कुरामा पनि निकै हर्षित छु। तिम्रो उमेर मात्रै बढेको होइन माया बढेको हो, हेरचाह बढेको हो, विश्वास बढेको हो। यहाँ मात्रै उमेर बूढो हुने हो, मेरो आँखा, हृदय र आत्मामा तिमी कहिल्यै बूढी हुने छैनौ।
जब आत्मीय रूपमा एकअर्काको नजिक भयौँ, एकअर्काको भवनाको कदर गर्ने बन्यौँ, एकअर्कालाई नजिकबाट नियाल्यौँ, बुझ्यौँ, भावनात्मक रूपमा कसियौँ त्यो समयदेखि मलाई यस्तो लाग्छ मेरो खुसी तिम्रो साथमा छ। त्यसैले त म तिमीसँग नजिकिएर तिमीलाई कहिल्यै मबाट टाढा जान दिइनँ र दिने पनि छैन।
तिमी मेरो जीवनमा उज्यालो भएर आयौँ, यसमा म धेरै आभारी छु। तिम्रो जन्मदिनमा, तिम्रो लागि मैल दिन सक्ने सबैभन्दा ठूलो उपहार भनेको बिना सर्त मेरो माया हो। जुन हरेक पल, हरेक समय मैले तिमीलाई महसुस गराइरहेको छु जस्तो लाग्छ र गराउने छु। यसो भन्दै गर्दा जन्मदिनको लागि मात्रै मायाको आभास दिलाउन खोजेको भने पक्कै होइन। यो हृदयमा तिम्रो माया अविरल बगिरहेको छ, बगिरहने छ।
जुन दिन पहिलोपटक तिमीलाई यी नयनले देख्ने मौका मिल्यो, मेरो आत्माले तिमीसँग जोडिएको महसुस गरेको थियो। हुन त माया भनेकै दुई आत्माको मिलन हो। आत्मादेखि आत्मा बीचको कनेक्सन हो। जहाँ माया हुन्छ त्यहाँ समर्पण हुन्छ। सहानुभूति हुन्छ। आत्म बुझ्ने प्रयास हुन्छ।
आज जन्मदिनको अवसरमा तिमीलाई मेरो धेरै शुभकामना। तिमीले आँटेको, रोजेको, खोजेको रहेक सकारात्मक कार्यहरू सदैव सफल हुन्। मायाको हकमा हामी अझै प्रगाढ बन्दै जानेछौँ। जसको लागि एकअर्काप्रतिको साथ, सहयोग, विश्वास, हेरचाह, सम्मानको आवश्यकता पर्छ। यसमा हामी कहीँकतै चुक्ने छैनौँ।
तिम्रो जन्मदिनसँगै हर्ष उल्लासका साथ हाम्रो सम्बन्धको शक्तिमा थप उर्जा मिल्ने कामना गर्दछु। हाम्रो माया अनन्तकाल यहीँ उर्जा, यहीँ शक्ति, यहीँ सर्मपणका साथ अगाडि बढ्नेमा पूर्णरूपमा विश्वस्त छु। जन्मदिनको धेरै-धेरै शुभकामना प्रिय पबित्रा ।





