
नेपालगन्ज ः नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्कका दिपिका थापाले विजय लधुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाबाट जग्गा धितो राखेर ऋण निकाल्नुभयो । ऋण निकालेको केही बर्षपछि उहाँले पुरै पैसा तिर्नुभयो तर संस्थाले धितो राखेको जग्गा फुकुवा गर्न मानिरहेको छैन । विजय लुधुवित्त वित्तिय संस्था खजुरा शाखाबाट उहाँले केही बर्ष अगाडी ७ लाख ऋण लिनुभएको थियो । बैजनाथ गाउँपालिकामा रहेको जग्गा दिपिकाले धितो राखेर ऋण लिनुभएको थियो । ऋण लिएको पैसा उहाँलें मंगलवार चुक्ता गर्नुभयो । चुक्ता गरेको १ घण्टामै फुकुवा दिने वाचा लधुवित्त संस्थाले गरेको थियो तर फुकुवा गर्न सकेन । मंगलवार दिनभरी र बुधवार पनि दिनभरी फुकुवाको लागि लधुवित्त धाएको दिपिकाले बताउनुभयो । जग्गा फुकुवा गर्न संस्थाका जिम्मेवार व्यक्तिले पनि पन्छिन खोजिएको उहाँले बताउनुभयो । व्यक्तिगत ऋण लिदा र ऋण चुक्ता गर्दा समेत धितो फुकुवा गर्न किन नमानेको भन्दै उहाँले अचम्म मानेको पत्रकार समक्ष आफ्नो भनाई राख्नुभयो । हामीलाई संस्थाले बारम्बार आश्वासन मात्र दिईरहेको छ । कहिले आउदैछौं कहिले आज गर्दिन्छु भन्दै पन्छिन खोजिएको पिडित दिपिकाले बताउनुभयो । दिपिकाले धितो राखेको जग्गा फुकुवा गरि बेच्न खोजिएको जानकारी गराउनुभयो । आफ्नो जग्गा समेत बेच्न नपाईने कहाँको नियम आयो उहाँले भन्नु्भयो । धितो राख्दा ऋण चुक्क्ता गर्ने वित्तिकै जग्गा फुकुवा हुने बताएका थिए तर संस्थाले फुकुवा गर्न नमानेको उहाँले जानकारी गराउनुभयो । दिपिकाको ६ लाख ८७ हजार ९ सय १२ रुपैया चुक्ता गरेको उहाँले बताउनुभयो । संस्थाले जग्गा र पैसा समेत हडप्न खोजिएको पिडितले बताए । ऋण चुक्ता गरेको चिठी माग्दा समेत दिन मन नगरेको पिडितको गुनासो छ । संस्थाका कर्मचारीले भने सिओ सर बाहिर रहेको जानकारी गराउदै पन्छिन खोजिएका छन् । संस्थाले कहिले कसलाई हाकिम देखाउने कहिले कसलाई भन्दै आफ्नो टाउँकोमा लिन खोजिएका छैन्न । बुधवार पिडितहरु दिनभरी विजय लधुवित्तको कार्यालय खजुरा शाखामा बस्दा समेत कुनै किसिमको पहल नभएको पिडितले जानकारी गराएका छन् । ऋण चुक्ता हुदा पनि यसरी दुख झेल्नु पर्दो रहेछ पिडित दिपिकाका श्रीमान भुपेन्द्र अधिकारीले भन्नुभयो । विहानैदेखि संस्थाको कार्यालयमा धाएका छौं कर्मचारी भने आफ्नै तरिकाले पन्छिन खोजेको उहाँले जानकारी गराउनुभयो । अफिसमा मंगलवार जसको हातमा ऋण चुक्ता गरेको पैसा दियो त्यही व्यक्ति आज पैसा मैले समातेको हैन न म यहाँको कुनै जिम्मेवारी पोष्टको व्यक्ति हु भन्द्रै पन्छिन खोजेको उहाँले बताउनुभयो । ऋण चुक्ता गर्दा समेत धितो फुकुवा नहुदा सेवा ग्राही मारमा परेका छन् ।
नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि २२ गतेसम्म ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेको आयोजक संस्था क्यान महासंघ बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
क्यान महासंघ बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो । जसको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ सम्झौता गरिसकेको जनाएको छ ।
५ औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आईएनजीस्क्रीन रहेको छ, जसको इम्पोर्टर सगरमाथा आइटी ट्रेडर्स हो र सह-प्रायोजकमा डिजिटल पालिका रहेको छ। प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ” आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ डिजिटल पालिका रहेको छ ।
त्यस्तै ५औं क्यान इन्फोटेक २०२५ को प्लाटिनम स्पोन्सरमा म्याक्सिमा हिकभिजन (उग्रतारा इन्फोसिस), गोल्ड स्पोन्सरमा डिजिटल कर्नर, तथा सिल्भर स्पोन्सरमा सेन्चुरी कम्प्युटर सप्लायर्स रहेका छन् । प्रदर्शनीको सीसीटीभी सर्भीलेन्स पार्टनर म्याक्सिमा हिकभिजन (उग्रतारा) एजुकेशन पार्टनरमा नेपालगन्ज क्याम्पस, अब्रोड स्टडी पार्टनरमा अल्फा बिटा, पावर सोलुसन पार्टनर पावर म्याक्स इन्स्ट्रुमेन्ट इन्डस्ट्रिज, ई-गभर्नेन्स पार्टनर खजुरा गाँउपलिका, गभर्मेस युनिभर्सिटी पार्टनर लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी, बीमा पार्टनर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, इन्टरनेट पार्टनर भायनेट कम्युनिकेसन लिमिटेड, डिजिटल डिजाइन पार्टनर नेक्स्ट जेन इन्फोसिस प्रा. लि. रहेका छन् ।
त्यस्तै प्रिन्टिङ पार्टनरमा ओम विज्ञापन, इभेन्ट म्यानेजमेन्ट पार्टनर लाइक माइन्ड्स इभेन्ट, इनोभेसम पार्टनर इनोभेसन र नवप्रवर्तन केन्द्र, सोशल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी / यात्रा मिडिया रहेका छन् ।
प्रर्दशनीलाई सफल पार्न खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपाल टेलीकम , नेपालगंज उद्योग वाणिज्य महासंघ, लगायतका संस्थाहरुको सहकार्य रहने छ।
आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ डिजिटल पालिकामा सुचना प्रविधिको ३० वटा स्टल रहने छ भने सम्पूर्ण स्टालहरू बुकिंग भैसकेको छ । ५ औं क्यान इन्फोटेक २०२५ बाट १५ देखी २० लाख बराबरको कारोबार हुने अनुमान समेत गरिएको छ । साथसाथै नवीनतम प्रविधिको प्रदर्शनी गरिनुका साथै विशेष छुटका अवसर समेत हुने जानकारी गराउन चाहन्छौं ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले सूचना प्रविधिको क्षेत्रमा नेपाल निर्माणमा सहयोग पुग्ने आशा लिएका छौं ।त्यस्तै ५ औं क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइने सबैमा जानकारी गराउन चाहन्छौं । यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास रहेको आयोजक संस्था क्यान महासंघ बाँकेले जनाएको छ ।
क्यान इन्फोटेक केवल ब्रान्ड एक्स्पो मात्र होइन, यो आइडिया, स्टार्टअप, र इनोभेशन एक्स्पो पनि हो। हामीले यसपटक एआई वेबिनार पनि सञ्चालन गर्दैछौं। इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCert) ले साइबर सुरक्षा सहायता डेस्क पनि सञ्चालन गर्दैछ। क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ भन्नेमा क्यान महासंघ बाँकेले विश्वास लिएको आयोजकले जनाएको छ ।





