२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

नेपालगञ्ज: नेपालगन्जमा भइरहेको प्रादेशिक महोत्सवमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड भएको खुलासा भएको छ।

नेपालगन्ज उद्योग वाणिज्य संघको संरक्षणमा आयोजित यस महोत्सवमा लेबल र उत्पादन मिति नभएका गुणस्तरहीन वस्तुहरूको बिक्री वितरण गरिएको पाइएको हो।

यस घटनाले उपभोक्ता अधिकारको घोर उल्लङ्घन भएको देखाउँछ। लेबल नभएका वस्तुको खरिदले उपभोक्तालाई झुक्याउने मात्र नभई स्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउन सक्छ।
उत्पादन मिति नभएको वस्तुको सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या निम्त्याउने सम्भावना रहन्छ।
यस घटनामा सरोकारवाला निकायको ध्यान आकर्षित हुन जरुरी छ ।
खाद्य विज्ञहरूका अनुसार, लेबल र उत्पादन मिति नभएका वस्तुको बिक्री वितरण गर्नु कानुनी अपराध हो। यसले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्नु हो।
स्थानीय प्रशासनले नियमित महोत्सव अनुगमन गरी गुणस्तरहीन वस्तुको बिक्री वितरण रोक्नका लागि प्रभावकारी कदम चाल्नुपर्छ।

नेपालगञ्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवमा लिएको विवादास्पद निर्णयले स्थानीय सञ्चार जगतमा तरंग ल्याएको छ। संघले महोत्सवमा पत्रकारहरूलाई प्रवेश निषेध गर्ने तर युट्युबरहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।
यस निर्णयले संघको सञ्चारमाध्यमप्रतिको दृष्टिकोणमा गम्भीर प्रश्न उठाएको छ। के संघले सत्यतथ्य समाचार प्रकाशन गर्ने पत्रकारहरूभन्दा भ्यूज बटुल्ने युट्युबरहरूलाई बढी प्राथमिकता दिएको हो त ? यो प्रश्नले स्थानीय सञ्चारकर्मीहरू मात्र नभई आम नागरिकलाई पनि चिन्तित बनाएको छ।
पत्रकारहरूले यस निर्णयको कडा शब्दमा विरोध गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथि प्रहार भएको बताएका छन्। उनीहरूको भनाइमा, संघले महोत्सवमा हुने गतिविधिहरूबारे सत्यतथ्य समाचार प्रकाशन गर्नबाट पत्रकारहरूलाई वञ्चित गराउने प्रयास गरेको छ।
सञ्चार विज्ञहरूले यस निर्णयलाई लोकतन्त्रको चौथो अङ्ग मानिने प्रेसलाई कमजोर पार्ने प्रयास भएको बताएका छन्। उनीहरूको भनाइमा, संघले यस्तो निर्णय गरेर आफ्ना कमजोरी लुकाउन खोजेको हुन सक्छ।
सामाजिक सञ्जालमा प्रतिक्रिया
सामाजिक सञ्जालमा पनि यस निर्णयको व्यापक विरोध भएको छ। धेरैले यसलाई अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भनेका छन्।नेपालगञ्ज उद्योग बाणिज्य संघको यो निर्णयले सञ्चार जगतमा मात्र नभई समग्र समाजमा नै गम्भीर प्रश्न उठाएको छ। के हामीले सत्यतथ्य समाचार पाउने हक गुमाउँदै छौँ त? यो प्रश्नको जवाफ अब संघले दिनु पर्नेछ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।