२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

बाँके, नेपाल। पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिति प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको छ। नेपालगन्जमा बुधबार सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा गोबिन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोज कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन्। निर्वाचन समिति प्रमुख शिव कुमार श्रेष्ठले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरे।
यसअघि समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र बहादुर हमालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उनले नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरे।
कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक एवम् कृयटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले शुभकामना दिएका थिए।
यसैबीच, बुधबार नै बसेको समाजको पहिलो बैठकले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, वडा नम्बर २ को कार्यालय लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, केही साताभित्रै भलिबल, शारीरिक सुगठन र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

बाँके – राप्ती सोनारी गाउँपालिकाको पहिलो कृषि, व्यापार एवं पर्यटन महोत्सव जनयुद्ध दिवसका कारण एक दिन पछि सारिएको छ। फागुन १ गते जनयुद्ध दिवस परेकाले महोत्सव फागुन २ गतेदेखि सुरु हुने भएको हो।
फाल्गुन १ गते जनयुद्ध दिवस परेकाले हरेक व्यक्ति उपस्थित हुन नसक्ने भएकाले सबै दल सबै पार्टीका व्यक्तिलाई उपस्थित गराउन सम्भव नभएसी महोत्सव सारिएको राप्ती सोनारी उद्योग वाणिज्य सङ्घका सचिव भागीराम खड्काले बताउनुभयो।
महोत्सव राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित राप्ती सोनारी रंगशालामा सञ्चालन गर्न लागिएको हो । 
महोत्सवको तयारी तीब्र पारिएको मुख्य आयोजक राप्ती सोनारी उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष टिकाराम ढुंगानाले महोत्सवको करिव ८० प्रतिशत काम भईसकेको जानकारी दिए । अहिले महोत्सव स्थलभित्र स्टल ब्यवस्थापनसँगै मनोरञ्जनका सामाग्री जडानको काम चलिरहेको संघका महासचिव मोहन गौतमले बताए ।
कृषि, पर्यटन, व्यापार व्यवसाय प्रवर्धनका लागि महोत्सव गर्न लागिएको संघले जनाएको छ । उक्त महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्धारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहनेछन् । उक्त महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्ती सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत सम्बन्धी स्टलहरु रहनेछन् ।
महोत्सवमा हरेक दिन स्थानीय एवम राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुनेछन् ।
महोत्सव अवधिभर एक लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।