२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

४ फाल्गुन, बाँके । पश्चिम नेपालको सबैभन्दा ठुलो युवा सञ्जाल मध्य एक लियो जिल्ला परिषद ३२५ एन्, नेपालको वर्ष २०२४–२५ को दोस्रो जिल्ला परिषद बैठक खजुरामा गर्दै छ ।

खजुरा गाउँपालिका स्थित खजुरा मिनिपार्क रिसोर्टमा यही फाल्गुन १० गते लियो क्लब अफ नेपालगञ्ज खजुराले बैठक गर्न लागेको हो । पूर्वमा राप्ती र पश्चिममा महाकालीले सीमा बाँधेको भुगोलमा अवस्थित ३० वटा लियो क्लबहरुको संयुक्त संगठन लियो जिल्ला परिषद ३२५एन्, नेपालले यस क्षत्रमा युवाहरुको उचित परिचालन गर्दै अनेकौँ सामाजिक कार्य गर्दै आएको छ ।
लियो जिल्ला परिषदले आफ्ना गतिविधीहरुलाई थप व्यापकता तथा एकरुपताका साथ अघि बढाउन यो कार्यक्रम आयोजना गरेको हो। यस कार्यक्रमलाई लियो जिल्ला परिषदको इतिहासमै सबैभन्दा भव्य र सभ्य बनाउने प्रतिबद्धता रहेको कार्यक्रम संयोजक लियो प्रेक्षा के.सी. ले जानकारी गराउनुभयो ।

साथै कार्यक्रममा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी गहन प्रशिक्षण समेत प्रदान गरी लियो सदस्यहरुलाई लियो जिल्ला परिषदको सुनौलो भविष्य निर्माण गर्न सक्षम र प्रेरित गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा लियो क्लब अफ नेपालगञ्ज खजुराकी अध्यक्ष लियो अपेक्षा श्रेष्ठले बताउनुभयो ।

दुई वर्ष पहिला लियो जिल्ला परिषद ३२५एन्, नेपालको पहिलो जिल्ला परिषद बैठक समेत लियो क्लब अफ नेपालगञ्ज खजुराले आतिथ्यता गरेको थियो ।

त्यस कार्यक्रमले लियो जिल्ला परिषदको आधारस्तम्भ स्थापित गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियो भने हाल फेरी लियो जिल्ला परिषद ३२५एन्, नेपालको दोस्रो जिल्ला परिषद बैठक आतिथ्यता गरी लियो जिल्लाको सुनौलो भविष्य निर्माणको लागि लियो सदस्यहरुलाई योग्य र क्रियाशील बनाउने लियो कल्ब अफ नेपालगन्ज खजुराको योजना छ । साथै लियो र लान्सको मूल्य मान्यता र लियो बन्नुको वास्तविक अर्थ समेत सदस्यहरुलाई अवगत गराउने यस कार्यक्रमको लक्ष रहेको छ ।

बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने गतिविधि गर्न सकेकाे छैन । सडक तथा हवाईमार्गसंग प्रत्यक्ष जाेडिएको याे निकुञ्ज २०६७ सालमा स्थापना भएको थियाे । तर निकुञ्ज प्रशासनसंग कुनै स्पष्ट ‘रोड म्याप’ नभएका कारण पर्यटक भित्र्याउन सकिएको छैन ।

बाँके निकुञ्जलाई जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बनाउनुपर्ने भए पनि स्थापनाकाे डेढ दशकमा समेत पर्यटक बढ्न नसक्नु सुखद नभएको बताउँनुहुन्छ,व्यवसायी अगुवा कृष्णप्रसाद श्रेष्ठ ।
उहाँ भन्नुहुन्छ,-‘बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाकै प्रमुख टुरिजम गन्तव्यकारूपमा ब्रान्डीङ गरिनुपर्छ ।तर खै किन हाे यहाँ अपेक्षाकृत पर्यटक आगमनले गति लिन नसकेकाे बुझाई छ । ‘ 

निकुञ्जमा आव २०८०/८१ मा चार सय ४४ पर्यटक भित्रिएका थिए । तीमध्ये चारजना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन्। हरेक बर्ष थाेरै भए पनि पर्यटक बढेका छन् तर त्याे तालले निकुञ्जमा प्रगति गर्न नसक्ने निजि क्षेत्रकाे बुझाई छ ।

पर्यटक तान्ने रणनीतिसहितको ‘रोड म्याप’ कार्यान्वयन प्रचारात्मक अभियानमै सिमित छ । निकुञ्जलाई सहयाेग गर्ने पार्टनर एजेन्सीका गतिविधि पनि उपलब्धिमुलक हुन सकेका छैनन् ।
‘बाँके निकुञ्जबाट बाँकेले के पायाे ? के पाउने ? अब खाेज्नुपर्नेबेला आएको छ । बर्षमा सय डेढसय पर्यटक घुमाएर केही हुँदैन । केही विशेष रणनीति बनाउन आवश्क छ ।’- हाेटल ब्यवसायी संघ बाँकेका अध्यक्ष रंग खड्काले भने ।

निकुञ्जले पर्यटक बढाउन रोड म्याप नल्याएको पनि होइन । तर त्यसले गति लिन सकेकाे छैन । अनुसार बढी भन्दा बढी पर्यटक भित्र्याउन होमस्टे, राप्ती नदीमा बोटिङ, जङ्गल ड्राइभ, पैदल मार्ग, हात्ती सफारी लगायतका पर्यटकीय गतिविधिका पूर्वाधारलाई परिष्कृत गरेर पर्यटक आकर्षित गर्ने निकुञ्जकाे तयारी थियाे । जुन औपचारिक कार्यक्रमका बेला त गरिन्छ तर ब्यवसायीकरुप लिन सक्दैन ।

पबाघको सङ्ख्या बढाउन आहारा प्रजातिको सङ्ख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् । बाघसँगै दुर्लभ मानिने चौका निकुञ्जमा प्रशस्त छन् ।

११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित ३०० किसिमका पन्छी, २ किसिमका दुर्लभसहित २४ घस्रने, ५ किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा गरी ४२२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुञ्जमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निकुञ्ज तराई, भावर र चुरे क्षेत्रमा फैलिएकाले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुञ्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छ।

निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र र्‍याफटिङको व्यवस्थाका लागि सम्भाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै, ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जङ्गल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको छ ।

बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरीका अनुसार गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । त्यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उहाँको भनाइ छ ।

गाभरमा थारु, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।