
१५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता विहिवारवाट प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा शुरु भएको छ । कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहिको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृतिमा तेस्रो संस्करण अन्तरगत खुल्ला टि २० क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
आज विहिवार खेल उदघाटन गर्दै लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमले लुम्विनी प्रदेशलाई खेलकुदको हव वनाउने वचनवद्धता ब्यक्त गरेका छन । उनले चालु बर्षमा खेल क्षेत्रमा न्युन वजेट भएकाले प्रदेशभरि हुने खेलकुदमा खर्च ब्यबस्थापन गर्न नसकेको उल्लेख गर्दै आगामि बर्षमा खेल क्षेत्रमा उल्लेख्य वजेट वनियोजनकालागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउने वताए ।
प्रदेशभरि उर्वर युवाहरु भएको र उनीहरुको सच्चा देशभक्तिलाई उच्च सम्मान गर्दै प्रदेश खेलकुद समितिले यथेष्ठ खेलकुदमा सहभागिता गराउने ध्यय लिएकाले कसैलाई पनि काखापाखा नगरि प्रदेशले देखिनेगरि खेल क्षेत्रलाई प्राथामिकतामा राखेको उल्लेख गरे ।
क्लवका अध्यक्ष अध्यक्ष गम्भिरजंग मल्लको अध्यक्षतामा आयोजित उदघाटन शत्रमा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसि, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, पुर्व राष्ट्रिय क्रिकेटका कप्तान एलवि क्षेत्रि लगाएतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उदघाटन खेल सि.एम ११ दाङ्ग र सि क्लव नेपालगञ्जविच सम्पन्न भएको छ । स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा सि यूवा क्लब नेपालगन्जले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा सि यूवा क्लब नेपालगन्जले दिएको १२३ रनको लक्ष्य पछाएको सि।एम एघार युवा क्लब दाङ्ग ले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन मात्र बनाए पछि खेल सि यूवा क्लब नेपालगन्जले १० रनले जितेको थियो । सि।एम एघार युवा क्लब दाङ्गका लागि नवराज शाहीले सर्बाधिक ३५ रन बनाएका थिए भने आकाश खत्रीले २९ रन बनाएका थिए ।
सि यूवा क्लब नेपालगन्जका अजय शाहानीले सर्बाधिक ३ विकेट लिए भने निशान्त आचार्य र सौगात खत्रीले समान २–२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सि यूवा क्लब नेपालगन्जले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १२२ रन बनाएको थियो । सि यूवा क्लब नेपालगन्जका लागि अनिल गिरीले सर्बाधिक २२ रन बनाएका थिए । शुसान्त शाहीले २० विनायक गिरीले १९ र सौगात खत्रीले १३ रन प्रहार गरेका थिए ।
सि.एम एघारका बलर अस्मित शाहीले ४, विष्णु शाहीले २ विकेट लिए ।
नकआउट चरणमा खेलिने खेलमा सि.एम एघार दाङ्गले हार बेहोरे संगै स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको दोस्रो खेल फागुन १७ गते विहान ९ बजे नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र भिक्ट्री भाईपर नेपालगन्ज विच हुने खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए ।
८ वटा टिम सहभागी उक्त प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गते सम्म हुने आयोजकले जनाएको छ ।
लामो समयदेखि अस्तव्यस्त रहेको नेपालगन्जको सडक व्यवस्थापनमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ।
बरिष्ठ प्रहरी नायब निरीक्षक प्रविण आचार्यको नेतृत्वमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले नेपालगन्जको मुख्य बजार क्षेत्रमा पार्किङ व्यवस्थापन र फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको हो।
सदरलाइन, त्रिभुवन चोक र त्रिबेणी मोड लगायतका क्षेत्रमा जथाभावी पार्किङ र फुटपाथ अतिक्रमणका कारण सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएको थियो भने व्यापार व्यवसायमा समेत असर परेको थियो। यसलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले त्रिभुवन चोकको पूर्वी लाइनमा एकतर्फी पार्किङको व्यवस्था गरेको छ भने सदरलाइनको बीच सडकमा पार्किङको व्यवस्था मिलाएको छ।
ट्राफिक प्रहरीले पैदलयात्रीको सहजताका लागि जेब्रा क्रसिङको व्यवस्था गर्ने र पैदलयात्रीलाई फुटपाथबाट हिँड्न सचेतना दिने काम पनि गरिरहेको छ। व्यापारीहरूले फुटपाथमा राखेका सामान हटाएर आवागमन सहज बनाएका छन्।
ट्राफिक प्रहरीको यो कदमले स्थानीय व्यापारीहरू खुसी भएका छन् र यसलाई निरन्तरता दिन आग्रह गरेका छन्। ट्राफिक प्रहरी प्रमुख आचार्यले यो अभियानलाई नियमित गरिने र सडक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताएका छन्।
सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न १६ पुगेको हुनुपर्ने व्यवस्था छ ।
नयाँ ऐनका लागि १८ वर्ष उमेर हद कायम गर्न मस्यौदा तयार गरिएको मन्त्रालयको भनाइ छ ।
यस्तै हाल ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष उमेर हुनुपर्नेमा अब २३ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी मझौला तथा सानो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि भने २१ वर्ष हुनुपर्ने उमेर हद प्रस्ताव गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भने १८ वर्ष उमेर पुगेका नागरिकले मझौला तथा साना सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ ।





