२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

काठमाडौँ । प्रसिद्ध ज्यो पं डा रुद्रनाथ अधिकारीका ३ वटा म्यूजिक भिडियो एकसाथ रिलिज गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच अब अति भइसक्यो, जागौं (राष्ट्र भक्ति गीत) , आमा (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’ (प्रेमिल गीत) का ३ भिडियोहरु रिलिज गरिएको हो ।

बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताकाबारेमा चर्चा गरेका थिए । डाक्टर अधिकारीको जन्मदिनको अवसरमा एकसाथ३ भिडियो लोर्कापण कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त थापाले डा।अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । डा।अधिकारीले रचना गरेका गीतहरुमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् ।

शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा डा।अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ । आफ्ना बिचार र अभिव्यक्ति राख्ने क्रममा डा। अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्र देखि कार्गिलको युद्ध लगायत इराक,अफगानिस्तान जस्ता संसारका विभिन्न देशका युद्ध ग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षीत र कुशल रहेको,तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्व र आतंककारीहरु बाट आफू सहित परिवारै प्रताडित हुनुपरेको पिडाहरु समेत व्यक्त गरेका थिए ।

कोहलपुर, बाँके । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र रिजालमाथि गम्भीर आरोप लगाएका छन् । मेयर आचार्यले सिडिओ रिजालले एसईई परीक्षा केन्द्र निर्धारणमा संस्थागत विद्यालयसँग सौदाबाजी गरेको आरोप लगाएका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर आचार्यले सिडिओ रिजालले ‘नैतिक रूपमा भ्रष्ट’ भएको र ‘समाजलाई चौपट पार्न खोजेको’ आरोप लगाएका हुन् । बिहीबार मात्रै सिडिओ रिजालको सरुवा भएको छ ।
मेयर आचार्यले सिडिओ रिजालले केही संस्थागत विद्यालयसँग ‘राम्रै सौदाबाजी’ गरेर परीक्षा केन्द्र निर्धारण गरेको आरोप लगाएका छन् । ‘राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रूपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको उदाहरण पनि दिन सफल हुनुभएकोमा बधाई छ,’ मेयर आचार्यले फेसबुकमा लेखेका छन् ।
सिडिओ रिजालले अधिकारको दुरुपयोग गरी विभिन्न विद्यालयका परीक्षा केन्द्रहरू हेरफेर गर्ने बहानामा अनुचित चलखेल गरेको मेयर आचार्यको आरोप छ । ‘तपाईं खै कस्तो प्रलोभनमा पर्नुभयो विस्तारै खुल्दै जाला, तर सिंगो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरी गरिने यस्ता धूर्त निर्णयको हामी सामना गर्नेछौं,’ उनले लेखेका छन् ।
यस विषयमा सिडिओ रिजालको प्रतिक्रिया भने आउन बाँकी छ ।
सरुवापछि मात्रै आरोप किन?
सिडिओ रिजालको सरुवा नहुँदासम्म चुप लागेर बसेको र सरुवा भएपछि मात्रै आरोप लगाएको भन्दै मेयर आचार्यको नियतमाथि पनि प्रश्न उठेको छ । कतिपयले यसलाई व्यक्तिगत रिसइबीको रुपमा पनि हेरेका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।