२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

बाँकेको बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । 

डुडुवा गाउँपालिका–२ बेतहनी चोकमा  भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।

स्थानीयबासीका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा  अध्ययनरत थिए ।

स्कुलबाट फर्कँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा ट्याङ्करले ब्याक गरेर मारेको स्थानीय बताउँछन् ।

घटनापछि स्थिति तनावग्रस्त बनेको र चालकलाई कारबाहीको माग गर्दै प्रहरी चौकी बेतहनी र ठक्कर दिने ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी  यम बहादुर मल्लले  रातोपाटीलाई  बताए । उनले करिब दुई घण्टामा स्थिति नियन्त्रणमा आएको बताए ।

सो प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको थियो । प्रहरीले चालकलाई लुकाएको भन्दै स्थानीयबासी आक्रोशित भएका थिए । प्रहरीका अनुसार दुवै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाइ हुन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।