२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

टार्जन वली
बाँके ,चैत १८ – सल्यान जिल्ला वनघाट कुपिण्डे नगरपालिका वडा नम्बर ९ निवासी गोविन्दराज बिक आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपण गर्न नसक्दा विचल्लीमा परेका छन्।

बुबा कुलेकामीका अनुसार १९ वर्षको उमेरमा बिरामी भएका गोविन्दराज चार वर्षदेखि दुवै मिर्गौला फेल भएर थला परेका छन्। हाल २३ वर्षीय गोविन्दराजको काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ।

घरमा सात जनाको परिवार रहेको र कमाउने कोही नभएकोले उनीहरूको अवस्था दयनीय बनेको छ। बुबा कुलेकामीले छोरालाई मिर्गौला दिन तयार भए पनि प्रत्यारोपणका लागि आवश्यक पर्ने लाखौं रुपैयाँ जुटाउन नसक्दा उनीहरू असहाय भएका छन्।

सानैदेखि नेपाल प्रहरी बन्ने सपना बोकेका गोविन्दराजको दुवै मिर्गौला फेल भएपछि उनको सपना अधुरो रहेको छ। चार वर्षदेखि अस्पतालमा उपचार गराइरहे पनि आर्थिक अभावले गर्दा मिर्गौला प्रत्यारोपण गर्न नसकिएको बुबा कुलेकामीले बताए।

आर्थिक अभावकै कारण मिर्गौला प्रत्यारोपण गर्न नसकेर छटपटाइरहेका गोविन्दराजले सहयोगको याचना गरेका छन्। मिर्गौला प्रत्यारोपण गर्न सके उनी स्वस्थ जीवन जिउन सक्ने उनको भनाइ छ। बुबा कुलेकामीले आफ्नो मिर्गौला दिन तयार भए पनि आर्थिक अभावले गर्दा छोरालाई अस्पताल भर्ना गर्न समेत समस्या भएको बताए।

नेपाल सरकारले मिर्गौला प्रत्यारोपणका लागि केही सहुलियत दिने व्यवस्था गरे पनि प्रत्यारोपणका लागि काठमाडौं नै जानुपर्ने र औषधि तथा परीक्षणका लागि लाखौं रुपैयाँ खर्च हुने सुनेपछि थप उपचार गर्न नसकिएको कुलेकामीले दुखेसो पोखे।

यस्तो विषम परिस्थितिमा गोविन्दराज र उनको परिवारलाई सहयोगको खाँचो छ। इच्छुक व्यक्तिहरूले आर्थिक सहयोग गरी गोविन्दराजलाई नयाँ जीवन दिन सक्नेछन्।
गोविन्दराज बि क खाता नम्बर :१९५१५२८९७००२५००१
सम्पर्क नम्बर :९७६६६५९२५२ , ९७६३८६२१७९

लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले संघीय शासन प्रणालीलाई प्रदेश र स्थानीय सरकारले पालना गर्न आवश्यक रहेको बताएका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा आइतवार प्रदेश सभा सचिवालयले आयोजना गरेको स्थानीय कानून निर्माण सम्वन्धी सहकार्य कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

केन्द्रले बनाएका कानूनहरु प्रदेश सरकारले र प्रदेश सरकारले बनाएका कानूनहरु स्थानीय सरकारले कार्यान्वयन गर्दै तीनै तहका सरकारबीचको समन्वय, सहकार्य र अस्तित्व कायम गरिनु पर्ने बताए ।
उलने वर्तमान संबिधानले पनि तीनै तहको सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई स्पष्टसँग उल्लेख गरेको स्मरण गराउँदै व्यवहारिकरुपमा त्यसको अनुभूति गराउनुपर्ने बताए ।

प्रदेश सरकारले बनाएका कानूनहरु स्थानीय सरकारले कसरी कार्यान्वयन गरेका छन् ? जटिलता के कस्ता छन् ? कानून कार्यान्वयन गर्न सहकार्य कसरी प्रभावकारी गराउन सकिन्छ भनेर अहिले लुम्विनी प्रदेश सचिवालयले प्रदेशका पालिकाहरुमा गाउँसभा र नगरसभाको नमूना अभ्यास गर्दै प्रष्टयाउने र सहजीकरण गर्ने काम भइरहेको उनले बताए ।

गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियामा प्रदेशसभाले बनाएका ऐनहरुको कार्यान्वयनका लागि स्थानीय सरकारबीचको समन्वय आवश्यक रहेको उनको भनाइ छ । ‘त्यही भएर अहिले लुम्विनी प्रदेशसभाले प्रदेशका सबै पालिकाहरुमा प्रदेश गाउँसभा र नगरसभा सञ्चालन सम्बन्धी ऐन र कानुन निर्माण सम्बन्धी ऐनको कार्यान्वयनको अवस्थाबारे जानकारी लिने, सहकार्य गर्ने कामको सुरुवात गरेको छ उनले भने–‘राप्तीसोनारी गाउँपालिकामा गरिएको कार्यक्रम पनि त्यसैको एउटा निरन्तरता हो ।’

स्थानीय सरकारले गाउँसभा र नगरसभा स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गर्ने गरेको पाइएको पनि उनले बताए । प्रदेशसभाले गाउँसभा र नगरसभा संचालन सम्वन्धी ऐन र कानून निर्माण सम्वन्धी ऐनको प्रभावकारी कार्यान्वयन नगरेको पाइएको कानून अधिकृत राधा रोकाले बताइन् । त्यसक्रममा नमूना गाउँसभा समेत सञ्चालन गरिएको उनको भनाइ थियो ।

गाउँसभामा पालिकाका सदस्यहरु सहभागि भएका थिए । गाउँसभा सञ्चालनको नमूना अभ्यास हेरेपछि देखिएका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा सभामुख घर्तीले प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नै गाउँसभा सञ्चालन गर्दै आएको जानकारी दिँदै प्रदेशसभाले गरेको नमूना अभ्यासले धेरै कुरा सिकाएको बताए ।

उनले आगामी सभाहरु प्रदेशसभाको ऐन अनुसार सञ्चालन गरिने बताए । आफ्नो अनुभव सुनाउँदै उनले आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म गाउँसभालाई व्यवस्थित गराउने प्रयास गरिएको बताए । उपाध्यक्ष मनिषा सिंह थारुले स्थानीय कानून निर्माण सम्वन्धी कार्यक्रमले थुप्रै कुराहरुको सिकाइँ भएको बताइन् ।

प्रदेशसभाका उपसभामुख मेनुका खाँड केसीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमा प्रदेश सभा सदस्यहरु कृष्णा केसी नमूना, दुर्गा बहादुर चौधरी, बसन्ती अधिकारी, मीना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । लुम्विनी प्रदेशसभा सचिवालयले अहिलेसम्म रुकुमपूर्वका ३ वटा, रोल्पाका १० वटा पालिका र जिल्ला समन्वय समिति र तुलसीपुर उपमहानगरपालिका दाङमा कार्यक्रम भइसकेको कानून अधिकृत रोकाले जानकारी दिइन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्ग नापजाँचको कामलाई तीब्रता दिइएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

आइतवार वडा नंं. २ टिकुलीपुरमा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै उनले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाए । पालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले वर्षौदेखि जोतभोग गर्दै आएपनि जग्गाधनी पूर्जा नपाउदाको पीडा अव हल हुने बताइन् ।

‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ उनले भनिन्–‘अव ढुक्क हुनुहोस् तपाईले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाई नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरुलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’

राप्तीसोनारी गाउँपालिका वडा नं.२ का कार्यबहाक वडा अध्यक्ष दिर्घबहादुर बुढाथोकीले भूमिहीन समस्यालाई अव दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडाबासीले सहयोग गर्नुपर्ने बताए । वडा नंं २ मा करीव २ हजार २०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।

आइतवार ४४ जनालाई निस्सा वितरण गरिएको छ । निस्सा वितरण कार्यक्रममा निवर्तमान वडा अध्यक्ष मदन वली, भूमि शाखा प्रमुख टोपबहादुर भण्डारी, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।