२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

चैत १५ गतेको तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर राणालाई छाड्ने तयारी गरिएको छ ।

महामन्त्री राणालाई उपचारका लागि छाड्न लागिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार राणाको परिवारले उपचारको प्रबन्ध मिलाउनका लागि रिहा गर्न निवेदन दिएको थियो । गृह मन्त्रालयका अनुसार बोलाएको बखत उपस्थित हुने गरी रिहा गर्न लागिएको हो ।

चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणालगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए ।

चैत १५ गते नै पक्राउ परेका मिश्र र राणालगायतका व्यक्तिविरुद्ध पहिलो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । त्यपछि उनीहरूविरुद्ध चैत २० गते ६ दिनको म्याद थप गरिएको थियो ।

पछिल्लो पटक भने चैत २६ गते उनीहरूविरुद्ध १५ दिनको म्याद थप भएको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।