२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

राप्तीसोनारी–५, बिनाैनास्थित जय बागेश्वरी अनाथालय बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई पेसागत महासंघ बाँकेले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। आफ्नो स्थापना दिवसको अवसरमा महासंघले उक्त सहयोग प्रदान गरेको हो ।

सहयोग स्वरूप एक सय २५ केजी चामल, १० लिटर खाने तेल, एक सय ५० थान कापी, दुई दर्जन कलम, चार दर्जन सिसा कलम, एक पाकेट इरेजर र ६ थान स्कुल झोला प्रदान गरिएको महासंघका अध्यक्ष दुर्गा डाँगीले जानकारी दिए।

अध्यक्ष डाँगीका अनुसार, “सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले बालबालिकाको पठनपाठनमा टेवा पुग्नुका साथै उनीहरूमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु।”

उक्त सहयोगले बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाको मनोबल अभिवृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, समाजका विभिन्न क्षेत्रबाट समेत यस्ता संस्थाहरूप्रति सहानुभूति र सहयोग अभिवृद्धि हुने विश्वास लिइएको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।