२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

बाँकेको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक आधुनिक प्रविधिमा आधारित ‘ई-पालिका सेवा’ सुरु गरेको छ।

सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने उद्देश्यसहित उक्त सेवा सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा प्रतीक्षालय उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभयो। करिब ३७ लाख रुपैयाँ लागतमा सेवा पूर्वाधार निर्माण गरिएको छ।

अध्यक्ष शाहीका अनुसार प्रतीक्षालय भवन र शौचालय निर्माणमा करिब २० लाख, उपकरण र मेसिन जडानमा १७ लाख रुपैयाँ खर्च भएको छ।

सेवाग्राहीले अब टोकन प्रणालीमार्फत सेवा पाउनेछन्, जसअनुसार लामो लाइन बस्नुपर्ने छैन। एसीयुक्त प्रतीक्षालयमा दुई कर्मचारी परिचालित गरिएको छ।

प्रशासन शाखा प्रमुख तप्तराज आचार्यका अनुसार वडा कार्यालयहरूबाट प्राप्त हुने सिफारिसहरू अब अनलाइनमार्फत उपलब्ध हुनेछन्।

यससँगै ‘हेलो अध्यक्ष’ नामक गुनासो सेवा पनि सुरु गरिएको छ, जसअन्तर्गत टोल फ्री नम्बरमार्फत गुनासा दर्ता गरी तत्काल समाधानको व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्य कमान सिंह सुनार, रुपा थापा, फरुदिन हलवाई, वडा अध्यक्ष देब बहादुर रावत, भूपाल पुन मगरलगायत स्थानीय प्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।