२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

एचपीभी खोप लगाउने अभियानमा प्रथम बन्यो बाँके

लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएर प्रदेशमै पहिलो जिल्ला बन्न सफल भएको छ ।

सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतले खोप लगाएर प्रथम बनेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले गत माघ २२ देखि फागुन १९ गतेसम्म चलेको सो खोप अभियानमा बाँकेका ३३ हजार ३७५ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा ३३ हजार ७५९ जना किशोरीले खोप लगाएको बताउनुभयो ।

बाँकेमा लक्ष्यभन्दा १.२ प्रतिशतभन्दा बढीलाई एचपीभि खोप लगाएर यो जिल्ला प्रदेशमै सबैभन्दा अगाडि रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उहाँले जिल्लामा यस पटक मुस्लिम समदाय र मधेशी समुदायका बालिकाहरुले सबैभन्दा बढी उत्साहित भएर खोप लगाएकाले लक्ष्य पार गर्न सफलता मिलेको बताउनुभयो ।

बाँकेको राप्ती सोनारीमा तीन हजार १४१, कोहलपुरमा छ हजार दुई सय, बैजनाथमा तीन हजार ८३३, खजुरामा पाँच हजार एक सय, जानकी गाउँपालिकामा दुई हजार १७०, नेपालगन्जमा आठ हजार पाँच सय, डुडुवामा दुई हजार ३१० र नरैनापुरमा दुई हजार ५०५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो ।

उहाँले खोपको उपलब्धिका आधारमा बाँकेको स्थानीय तहहरूमध्ये खजुरामा १५६.८, नेपालगन्जमा १०२.९, नरैनापुरमा १००.६, डुडुवामा ९९.२, राप्ती सोनारीमा ९७.८, बैजनाथमा ९६.६, जानकीमा ९०.२ र कोहलपुरमा ८३.१ प्रतिशतले खोप लगाएको बताउनुभयो ।
नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको हालसम्मकै सबैभन्दा ठुलो अभियान यही रहेको जनाउँदै प्रमुख पौडेलले नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा रहेको बताउनुभयो ।
उहाँका अनुसार नेपालमा औसत हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
चिकित्सकका अनुसार नौ देखि १४ वर्षको उमेर भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले सङ्क्रमण हुनबाट बचाउँछ । तर शरीरमा पहिला नै भाइरस बसिसकेको भए सङ्क्रमणमुक्त भने बनाउन सक्दैन ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।