२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

जनकल्याण माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीद्वारा विद्यालयलाई खेलकुद सामाग्री प्रदान

नेपालगन्ज : आफुले पढे-लेखेको विद्यालयमा सहयोग गर्न पाउनु सबैको चाहना हुन्छ । त्यही सोचका साथ जनकल्याण माध्यमिक विद्यालय बद्रीपुरका भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु सहयोग गरेका छन् ।

बुधबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजनामा भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु हस्तान्तरण गरिएको भुतपुर्व विद्यार्थी देबेन्द्र बिसीले जानकारी दिनुभएको छ ।
बिसिका अनुसार हाल सम्पर्कमा आउन सकेका भुतपुर्व विद्यार्थीहरु मिलेर आफुले अध्यन गरेको विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरिएको जानकारी दिएका थिए ।

विद्यालयमा औपचारिक रुपमा भुपु विद्यार्थीलाई स्वागत तथा एसईइलाई शुभकामना तथा १२ लाई बिदाई कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयलाई भुतपुर्व विद्यार्थीहरुले शैक्षिक सामाग्री तथा फुटबल तथा भलिबल, खेलकुद पोशाक, ब्याटमिन्टन खेलका सामाग्री तथा
भलिवल नेट लगायतका सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालयको भुतपुर्व विद्यार्थी समेत रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर रोकाया रहनु भएको थियो । कार्यक्रममा पुर्व विद्यार्थीहरु
पुर्व विद्यार्थी टेक बहादुर शाही, देबराम बिसी, भुपेन्द्र थापा मगर, गंगा बहादुर पुन, कालिका योगी, देबेन्द्र बिसी, याम बहादुर पुन, खम्ब लगायतको उपस्थिती रहेको भुतपुर्व विद्यार्थी देबेन्द्र बिसीले जानकारी दिनुभएको छ । कार्यक्रमको संचालन विद्यालयका शिक्षक तथा विद्यालयका भुतपुर्व विद्यार्थी पहल बहादुर थापाले गरेका थिए ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।