२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

गाउँसभा र नगरसभा सञ्चालन गर्न सिकाउँदै लुम्विनी प्रदेशसभा

लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले संघीय शासन प्रणालीलाई प्रदेश र स्थानीय सरकारले पालना गर्न आवश्यक रहेको बताएका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा आइतवार प्रदेश सभा सचिवालयले आयोजना गरेको स्थानीय कानून निर्माण सम्वन्धी सहकार्य कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

केन्द्रले बनाएका कानूनहरु प्रदेश सरकारले र प्रदेश सरकारले बनाएका कानूनहरु स्थानीय सरकारले कार्यान्वयन गर्दै तीनै तहका सरकारबीचको समन्वय, सहकार्य र अस्तित्व कायम गरिनु पर्ने बताए ।
उलने वर्तमान संबिधानले पनि तीनै तहको सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई स्पष्टसँग उल्लेख गरेको स्मरण गराउँदै व्यवहारिकरुपमा त्यसको अनुभूति गराउनुपर्ने बताए ।

प्रदेश सरकारले बनाएका कानूनहरु स्थानीय सरकारले कसरी कार्यान्वयन गरेका छन् ? जटिलता के कस्ता छन् ? कानून कार्यान्वयन गर्न सहकार्य कसरी प्रभावकारी गराउन सकिन्छ भनेर अहिले लुम्विनी प्रदेश सचिवालयले प्रदेशका पालिकाहरुमा गाउँसभा र नगरसभाको नमूना अभ्यास गर्दै प्रष्टयाउने र सहजीकरण गर्ने काम भइरहेको उनले बताए ।

गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियामा प्रदेशसभाले बनाएका ऐनहरुको कार्यान्वयनका लागि स्थानीय सरकारबीचको समन्वय आवश्यक रहेको उनको भनाइ छ । ‘त्यही भएर अहिले लुम्विनी प्रदेशसभाले प्रदेशका सबै पालिकाहरुमा प्रदेश गाउँसभा र नगरसभा सञ्चालन सम्बन्धी ऐन र कानुन निर्माण सम्बन्धी ऐनको कार्यान्वयनको अवस्थाबारे जानकारी लिने, सहकार्य गर्ने कामको सुरुवात गरेको छ उनले भने–‘राप्तीसोनारी गाउँपालिकामा गरिएको कार्यक्रम पनि त्यसैको एउटा निरन्तरता हो ।’

स्थानीय सरकारले गाउँसभा र नगरसभा स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गर्ने गरेको पाइएको पनि उनले बताए । प्रदेशसभाले गाउँसभा र नगरसभा संचालन सम्वन्धी ऐन र कानून निर्माण सम्वन्धी ऐनको प्रभावकारी कार्यान्वयन नगरेको पाइएको कानून अधिकृत राधा रोकाले बताइन् । त्यसक्रममा नमूना गाउँसभा समेत सञ्चालन गरिएको उनको भनाइ थियो ।

गाउँसभामा पालिकाका सदस्यहरु सहभागि भएका थिए । गाउँसभा सञ्चालनको नमूना अभ्यास हेरेपछि देखिएका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा सभामुख घर्तीले प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नै गाउँसभा सञ्चालन गर्दै आएको जानकारी दिँदै प्रदेशसभाले गरेको नमूना अभ्यासले धेरै कुरा सिकाएको बताए ।

उनले आगामी सभाहरु प्रदेशसभाको ऐन अनुसार सञ्चालन गरिने बताए । आफ्नो अनुभव सुनाउँदै उनले आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म गाउँसभालाई व्यवस्थित गराउने प्रयास गरिएको बताए । उपाध्यक्ष मनिषा सिंह थारुले स्थानीय कानून निर्माण सम्वन्धी कार्यक्रमले थुप्रै कुराहरुको सिकाइँ भएको बताइन् ।

प्रदेशसभाका उपसभामुख मेनुका खाँड केसीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमा प्रदेश सभा सदस्यहरु कृष्णा केसी नमूना, दुर्गा बहादुर चौधरी, बसन्ती अधिकारी, मीना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । लुम्विनी प्रदेशसभा सचिवालयले अहिलेसम्म रुकुमपूर्वका ३ वटा, रोल्पाका १० वटा पालिका र जिल्ला समन्वय समिति र तुलसीपुर उपमहानगरपालिका दाङमा कार्यक्रम भइसकेको कानून अधिकृत रोकाले जानकारी दिइन् ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।