२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

डिएसपी धर्मराज भण्डारीलाई कोहलपुर प्रहरी द्वारा बिदाइ

बाँके — इलाका प्रहरी कार्यालय कोहलपुरले प्रहरी नायव उपरीक्षक (DSP) धर्मराज भण्डारीलाई विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ।
भण्डारीको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो (CIB), महाराजगञ्ज, काठमाडौंमा सरुवा भएपछि कार्यालयले उनको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा प्रहरी अधिकृतहरू, कार्यालयका कर्मचारीहरू तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै DSP भण्डारीले कोहलपुरमा बिताएको कार्यकाललाई स्मरणीय बताउँदै सबै सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले नयाँ जिम्मेवारीमा पनि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखले भण्डारीले कार्यालयको व्यवस्थापन तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।